skip this News Page Tips Ad Road Block

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रस्ताव गरेको हो ।

हाल कायम चुक्ता पूँजी २,५०,०१,५७,४०० रुपैयाँको ८.७५ प्रतिशतका दरले एक्काईस करोड सतासी लाख त्रिसठ्ठी हजार सात सय बहत्तर रुपैयाँ लाभांशमा लाग्ने कर समेतको लागि नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणवाट स्विकृती भई कम्पनीको एकतिसौँ वार्षिक साधारण सभाबाट पारित भए पश्चात् लगानीकर्तालाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block