Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्टिल र आल्मुनियम आयातमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्राम्पको घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले स्टिल र आल्मुनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन् । उनले आइतबार यो घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति ट्रम्पले एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा यो लागू हुने र यसले आल्मुनियमलाई पनि प्रभाव पार्ने बताए ।

सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि ट्रम्पले यस्तै शुल्क लगाएका थिए ।

अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिल र आल्मुनियम आयातको सबैभन्दा ठूलो स्रोत हो । ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टिल आपूर्तिकर्ता हुन् ।

ट्रम्पले आइतबार अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सार बराबर गर्न ‘पारस्परिक भन्सार’ को घोषणा गर्ने पनि बताएका छन् ।

उनले मंगलबार वा बुधबार भन्सारको बारेमा विस्तृत घोषणा गर्ने बताएका छन् ।

Health Tips Ad Road Block