काठमाडौं । सन नेपाल लाइफद्वारा मलेसियामा नेपाली आप्रवासी कामदारका बीचमा वैदेशिक रोजगार बीमासम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मलेसियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आयोजित नेपाली आप्रवासी कामदारलाई लक्षित गरि वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिना रहेका थिए ।
अन्तक्रियामा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, वैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारेका थिए ।
सन नेपाल लाइफ इन्स्योरेन्स अप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध छ साथै सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा बत्तिस हजार अभिकतामार्फत देशभर र देश बाहिर रहेका नेपाली नागरिकहरुलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको छ, उनले भने।






















