Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बाँकेको कोहलपुरमा अतिक्रमित २८ बिगाहा जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आज ध्यानाकर्षण गराइएको छ।

सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर जग्गा फिर्ता गराइदिन आग्रह गरेका हुन् ।

जिल्लास्थित सर्वदलीय बैठक बसी अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले घर टहरा नहटाएकाले उच्चस्तरीय पहल लिइदिन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले माग गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कसैले पनि अवैधरुपमा राज्यको सम्पति अतिक्रमण र कुनै पनि अनियमता गर्न नपाउने स्पष्ट गर्दै सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।

Health Tips Ad Road Block