Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आइसीसी २०२४ एशिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ। कम्पनीले उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति, बीमा क्षेत्रमा महिला नेतृत्व तथा उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा विधामा उच्च सम्मान प्राप्त गर्दै आफ्नो व्यवसायिक उत्कृष्टता प्रमाणित गरेकाे हाे ।  बैंककमा आयोजित विशेष कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त अवार्ड ग्रहण गरेका हुन् ।

यस प्रतिष्ठित उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व, र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गरेकाे कम्पनीकाे दाबी छ। यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गर्ने पनि कम्पनीकाे भनाइ छ ।

सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू मार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको जनाएको छ।

Health Tips Ad Road Block