काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १९६० रुपैयाँ रहेको छ ।






















