Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

क्षतीग्रस्त बीपी राजमार्ग पुननिर्माणको काम तुरुन्त थाल्न निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

धुलिखेल । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले बीपी राजमार्गको क्षतीग्रस्त खण्डमा तुरुन्त पुननिर्माणको काम शुरू गर्न निर्देशन दिएका छन् । वर्षायाममा यातायात अवरुद्ध हुन नदीने गरि काम शुरू गर्न उनको निर्देशन छ।

शनिबार सो राजमार्गको निरीक्षण गरि उनले उक्त कार्यका लागि श्रोत अभाव हुन नदिने प्रतिबद्धता पनि जनाए ।

यो राजमार्ग देशको पूर्वी भागलाई संघीय राजधानीसँग जोड्ने लाइफलाइन समेत भएकाले एक दिन पनि अवरुद्ध हुन नदिने गरि काम अघि बढाउन सडक विभागलाई उनले निर्देशन दिएका हुन् । अनुगममा रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माले विभागको जनशक्ति र उपकरण समेत तत्काल परिचालन गरेर काम शुरू गर्न भने ।

यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले अल्पकालिन र दीर्घकालीन तयारी सहित मर्मत र पुननिर्माणको काम थालिने बताए । संघीय सडक सुपरीबेक्षण तथा अनुगम कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले नियमित रूपमा सड़कको अवरोध हटाउने तथा तत्काल गर्नु पर्ने मर्मतको काम भईरहेको जनाए ।

मन्त्री दहालसाहितको टोलीले सूर्यविनायक धुलिखेल सड़कको समेत निरीक्षण गरी कामलाई तीव्रता दिन निर्देशन दिएको छ । त्यसक्रममा आयोजना प्रमुख राजेन्द्र दाशले निर्माणलाई गति दिन नियमित अनुगमन र निगरानी भईरहेको बताए ।

टोलीले बीपी राजमार्गको धुलिखेलदेखि नेपालथोकसम्मको निरीक्षण गरेको हो । अनुगमनमा सड़क विभागका उप महानिदेशक अर्जुन अर्याल, सडक डीभीजन भक्तपुर तथा खालड़ेका प्रमुख तथा प्राविधिक लगायतको सहभागिता रहेको थियो।

Health Tips Ad Road Block