ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३८ औँ साधारण सभा फागुन १५ मा हुने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले फागुन १५ गते बिहीबार ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ । माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको ६१५ औँ बैठकले राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय लिएको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायतका विषयबारे टुङ्गो लगाउनेछ । यससँगै बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड र एनआइएमबि स्टक मार्केट्स लिमिटेड समेतको आव २०८० /८१ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने पनि बैंकले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ । यस आधारमा माघ २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । बैंकले नगद लाभांश र बोनस शेयर केही पनि नदिने भएको छ ।

Health Tips Ad Road Block