Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

व्यवसायी वर्षा कुँवरले जितिन् ‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’को ताज

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । व्यवसायी वर्षा कुँवरले ‘ मिसेस व्यूटी क्वीन नेपाल सिजन ७ को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई पछि पार्दे कुँवरलेले ताज पहिरिएकी हुन् ।

बानेश्वरमा विभिन्न व्यवसाय गर्दै आएकी उनले मिसेज पपुलर तथा सम्बन्ध मिसेस पर्सनालीटीको उपाधी समेत प्राप्त गरिन् । उनीले रेफ्रिजेनेटर, लेटमिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर र डम डाइनामिकबाट २० हजारको गिफ्ट भौचर साथै अन्य उपहारहरु प्राप्त गरिन् ।

यस्तै करुणा विक फष्ट रनरअप भइन् । उनले मष्ट ट्यालेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन् । उनले ३२ इन्चको टिभि, लेटमिइनको तर्फबाट ३० हजारको गिफ्ट भौचर प्राप्त गरिन् ।

यसैगरी प्रतियोगितामा सेकेन्ड रनरअप रिन्जु कुसवहा भइन् । उनले फोटोजेनीकको पनि उपाधी जित्न सफल भइन् । थर्ड रनरअप सिवानी मित्र र चौथो रनरअप उर्मीला कनौजिया मगीया भइन् । अर्गनाइजर च्वाइसको उपाधी भने अन्जु क्षेत्रीले जित्न सफल भइन् ।

प्रतियोगिताका अन्य विधामा अनिता देवी साहले फेन्ड्ली उपाधी जितिन् । त्यस्तै सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली क्रियटीभ, अम्बिका गजमेर भियोस च्वाइस, भावना ऐडी व्यूटीफूल स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटीक र हिरादेवी श्रेष्ठले व्यूटीफूल अवार्ड पाएकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाहरुको सौन्दर्य साथै आन्तरिक क्षमता,आत्मविश्वास साथै महिलाहरुको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गरिन् । यस्तो कार्यक्रमहरुसँग महिलाहरुलाई घरको चुला चौकोवाट हातेमालो गर्दै अझ सशक्त रुपमा महिलाहरुलाई जनचेतना तथा अधिकारको बारेमा सचेतना फैलाउन सकिने उनले बताइन् ।

उक्त कार्यक्रममा निर्णायक मण्डलमा मुख्य निर्णायकको भूमीकामा वर्ड डिलर्स भारतकी प्रबन्ध निर्देशक डा. विनिता राज, जुम्बा प्रशिक्षक तथा मोडल सोनाम केसी, नेपाल एयरहोस्टेस एकेडेमीका प्रशिक्षक र्इश्वरा पछाई, एसोसिएट कन्सल्टेन्ट एमडी, साइकियाट्री डा. ऋचा अमात्य, व्यवसायी सुनिता अधिकार, कान्तिपुर टिभीकी उपसम्पादक तथा टिभी प्रस्तोता रुविना थापा, गायिका मोडल तथा सामाजिक अभियन्ता रेखा शाह रहेको मिडियाकी कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन् ।

Health Tips Ad Road Block