Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्रीको महत्वमा परेको चेम्बर एक्स्पो ३५ हजार अवलोकनकर्ताका साथ सम्पन्न, आर्थिक सिथिलताको सिधा असर एक्स्पोमा

प्रदर्शनी स्थलको कमजोरी हटाउन माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर उच्च महत्वका साथ अवलोकन गरेको आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो ३५ हजार अवलोकनकर्ताका साथ सम्पन्न भएको छ । चेम्बर एक्स्पो समग्ररुपमा सफल भएको एक्स्पो संयोजक राष्ट्रभुषण चाकुबजीले बताएका छन् । उनले भने, ‘एक्स्पो समग्ररुपमा सफलतापूर्वक सम्पन्न भएको मान्नुपर्छ । सोचेभन्दा राम्रो भयाे । बंगलादेश र भारतबाट सोचेअनुरुप सहभागिता हुन नसकेपनि स्वदेशी उत्पादनहरु राख्न सफल भइयो । आन्तरिक उद्योगको प्रवद्र्धन भएको र उनीहरु खुसी छन् ।’

आधाजस्तो स्टलहरु प्रवद्र्धनमा र आधा व्यापारिक क्रियाकलापका लागि रहेकाे जानकारी दिँदै उनले आर्थिक सिथिलताको कारणले व्यापारमा पनि असर परेको स्टलवालाको प्रतिक्रिया पाएको उनले बताए । पाँच दिने एक्स्पोमा दैनिक दश हजार अवलोकनकर्ता आउने लक्ष्य राखिएकोमा कुल ३५ हजार हाराहारीले अवलोकन गरेको संयोजक चाकुबाजीकाे भनाइ छ । कतिपय स्टलमा सहभागीहरुले आर्थिक सिथिलताको असर मेलामा पनि देखिएको प्रतिक्रिया दिए ।

प्रदर्शनी स्थलको कमजोरी हटाउन उनले माग गरेका छन् । उनले भने, ‘समाज कल्याण परिषद्ले हाम्रो प्रदर्शनीस्थललाई राम्रोसँग सफासुग्घर बनाओस् । मर्मत सम्भार गरोस् । भाडामा लगाउने राम्रो हेरचाह गरेर अन्तर्राष्ट्रियस्तरमा पनि मेला गर्ने वातावरण छ र हुन्छ भन्ने देखाउन सफल हुन सकियोस् ।’

विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ता कपडाका सामानहरु, अटोमोवाइल्स, इलेक्ट्रोनिक्स, होम एप्लायन्स, लजिस्टिक, टेक्स्टाइल, फर्निचर, गार्मेन्टस, लेदर गुड्स, ज्वेलरी आइटम, कस्मेटिक्स, फुड एण्ड डेरी प्रोडक्ट्स लगायत सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बनेको थियो। स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरु एक्स्पोमा रहेका थिए ।

Health Tips Ad Road Block