Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने भएको छ । नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई काठमाडौंमा स्वागत तथा सम्मान गर्दै यसबारे जानकारी दिएको हो ।

नाडाका अध्यक्ष करण चौधरीको उपस्थितिमा भएको कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाका तर्फबाट आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गरेका थिए । सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शो को सम्भाव्यता र त्यसको मोडालिटिका सम्बन्धमा विस्तृत रुपमा छलफल गरिएको थियो ।

छलफलमा आगामी चैत १३ देखि १७ सम्म पोखरामा वाडा अटो शो आयोजना गर्ने र त्यसका लागि तत्कालै सम्भाव्यता अध्ययन गरी त्यसको सर्वे रिर्पोटको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय गरेको सन्दर्भमा नाडाले मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्ने जनाइएको छ । सोक्रममा नाडाका अध्यक्ष करण चौधरीले वाडाका अध्यक्ष दिपेन्द्र कोइरालालाई शुभकामना सोभेनियर समेत प्रदान गरे ।


स्वागत कार्यक्रम नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा लगायतले आफ्नो धारणा राखेका थिए । नाडाले सन् १९९८ देखि नाडा अटो शो हरेक बर्ष राजधानीमा आयोजना गर्दे आएको सन्दर्भमा १६ औं संस्करणको नाडा अटो शो २०२४ समेत गत भदौमा भृकुटीमण्डपमा सम्पन्न गरेको थियो ।

छलफलमा नाडाका तर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय सदस्यद्धय कपिल शिवाकोटी, मेघराज पौडेल, दिपेन्द्रकुमार मिश्रा, सौरभ थापा, अभिक ज्योती, आमन्त्रित सदस्यहरु अनुपकुमार बराल, नविनकुमार पारख नारायणप्रसाद पौडेल, प्रकाश सिग्देल र प्रगुन राजभण्डारी समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी वाडाका तर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन के.सी., महासचिव विनय थापा, कोषाध्यक्ष अशोक चालिसे, सचिव दिपेन्द्र भण्डारी, सदस्यद्धय शिवओम बराल, प्रतिक सुवेदी, हरि तिवारी र कार्यालय सचिव गोविन्द पौडेल समेतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block