Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रितपूर्वक दाबी मागेका सबै निर्माण व्यवसायीको रकम भुक्तानीः अर्थमन्त्री पौडेल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कानुनी रित पुर्याएर दाबी गरिएका सबै निर्माण व्यवसायीको रकम भुक्तानी भइसकेको दाबी दोहोर्याएका छन् । आइतबार काठमाडौंमा महिला आर्थिक पत्रकार संघद्धारा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई रित पुर्याएर भुक्तानी माग्न आएमा रित्तै नफर्काइने स्पष्ट पारे ।

उनले गत आर्थिक वर्षमा काम सम्पन्न भएका आयोजनाहरुको सबै भुक्तानी गरिसकेको दाबी गरेका छन् ।  उनले भने, ‘गतवर्षको भुक्तानीको ठूलो दायित्व पुरा भइसकेको छ । रितपूर्वक आएका दाबीहरु भुक्तानीमा समस्या छैन र दिइरहेका छौं ।’

उनले पुँजीगत खर्च बढाउने र देशको अर्थतन्त्र सबल बनाउने दिशामा सरकार लागिरहेको बताए । नीतिगत सुधारमार्फत निजी क्षेत्रको मनोबल बढाउने काम सरकारबाट भइरहेकाे उनकाे जिकिर छ ।

Health Tips Ad Road Block