काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
बजारमा सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९१० रुपैयाँ रहेको महासंघले जनाएको छ ।






















