Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेको इन्स्योरेन्सले फागुन ८ देखि ५०.३० करोडको हकप्रद शेयर निष्काशन गर्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम रहेको ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता अर्थात् ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्दैछ । कम्पनीको हकप्रदमा माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको हकप्रदमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीका शेयरधनीहरुले बिक्री प्रबन्धक सानिमा क्यापिटलका साथै नेको इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। त्यस्तै सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ प्रयोग गरी अनलाइनमार्फत समेत हकप्रद शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।

Health Tips Ad Road Block