काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।
गत मंगलबार बसेको कम्पनीको संचालक समितिको ३४५ औँ बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी २,६५४,९४७,३०० मा १० प्रतिशतका दरले छब्बीस करोड चौवन्न लाख चौरानब्बे हजार सात सय तीस रुपैयाँ बोनस शेयर दिने निर्णय गरेको हो । बैठकले लाभांशमा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।
यसअनुसार कम्पनीले कुल कुल १०.५२६३ प्रतिशतका दरले सत्ताइस करोड चौरानब्बे लाख अठसठ्ठी हजार एक सय सैंतिस रुपैयाँ लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिएका छन् ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्विकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।






















