काठमाडौं । भारत सरकारले मध्यम वर्गका जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित सन् २०२५/२६ का लागि ५०.६५ खर्ब भारतीय रुपैयाँ बराबरको संघीय बजेट सार्वजनिक गर्दैगर्दा छिमेकी देश नेपाललाई दिने अनुदान रकमलाई यथावत राखेको छ । भारतीय विदेश मन्त्रालयमार्फत नेपालमा आउने अनुदान रकम ७ अर्ब रहेको सो अवसरमा घोषणा गरिएको छ ।
गतवर्ष ६ अर्ब ५७ करोडबाट बढाएर ७ अर्ब भारुमा पुर्याइएको थियो । यसपाली पनि साेही रकमलाई निरन्तरता दिएकाे हाे । यता भुटान र म्यानमारको अनुदान घटाएर क्रमशः १ अर्ब ५० करोड र ३ अर्ब ५० करोडमा झारिएको छ । यता माल्दिभ्स र अफगानिस्तानलाई दिने अनुदान बढाएर क्रमशः ६ अर्ब र १ अर्ब भारु पुर्याइएको छ ।
नेपाल जसैगरी बंगलादेश, श्रीलंकालाई दिइँदै आएको अनुदान बजेट रकमलाई यथावत हिसाबमा राख्दै क्रमशः १ अर्ब २० करोड, ३ अर्ब भारु दिइने भएको छ । मंगोलियालाई ५ करोड तथा अफ्रिकी देशहरुलाई २ अर्ब २५ करोड नगद अनुदान दिने बजेटमा उल्लेख छ ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बजेट भाषण गर्दै यो घोषणा गरेकी हुन् ।