कास्की । गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको हो ।
साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदनसहित शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५% (कर सहित)को नगद लाभांश सर्वसम्मत पारित गरेको हो ।
त्यसैगरी अठारौँ साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठका साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईरालालाई सर्वसम्मतीबाट निर्वाचित गर्ने निर्णय गरेको छ । साधारण सभापश्चात् लगतै बसेको संचालकहरुको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको नगद लाभांश २०८१ पौष १७ गतेसम्म कायम रहेका विकास बैंकका शेयरधनीहरुले प्राप्त गर्नेछन् ।
विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।






















