काठमाडौं । ४ जना व्यक्तित्वलाई स्किल हिरो अवार्डबाट सम्मानित गर्दै स्किल वीक २०२५ छैठौँ संस्करण समापन भएको छ । मन्त्री, विभिन्न उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० भन्दा बढी व्यक्तिको उपस्थितिमा संस्करण समापन गरिएको हो ।
यसैबिच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२५ उपाधीबाट सम्मानित गरिएको छ ।
कलाको पहिलो स्तम्भअन्तर्गत, नेपाली गायक तथा गीतकार सुशान्त केसीलाई सम्मान गरिएको छ । आफ्ना सुमधुर संगीत र अर्थपूर्ण गीतहरूसँग सुशान्त केसी नेपाली समकालीन संगीतका एक प्रसिद्ध कलाकार हुन् । उनका गीतहरूले प्रायः नेपाली र पश्चिमी प्रभावहरूलाई मिश्रण गर्छन्, जसले गर्दा स्थानीय र अन्तर्राष्ट्रिय श्रोताहरूको मन जित्न सफल भएका छन् । सुशान्तका गीतहरूले प्रायः व्यक्तिगत अनुभव, प्रेम, बिछोड र भावनात्मक सम्बन्धलाई झल्काउँछन् । संगीतमार्फत् कथा भन्न सक्ने उनको क्षमताले उनलाई विश्वभरका श्रोताहरूको मनमा स्थान दिलाएको छ । आमालाई समर्पित उनका चर्चित गीत“आमा“ ले धेरै मानिसको भावनालाई छुने काम गर्यो र नेपाली संगीतमा एक अमर कृतिका रूपमा रहिरहनेछ ।
त्यसैगरी उद्यमशीलता विधामा स्किल हिरोको रूपमा नेपाली सामाजिक उद्यमी र खालिसिसी म्यानेजमेन्ट प्रा. लि. की संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसीलाई सम्मान गरिएको छ । खालिसिसीले फोहोर बेच्ने व्यक्तिहरूलाई १३,००० भन्दा बढी फोहोर उद्यमीहरूको सञ्जाल, जसलाई “खालिसिसी फ्रेन्ड्स“ भनिन्छ, सँग जोड्ने काम गर्छ, जसले नेपालमा कुशल पुनःप्रयोग र फोहोर व्यवस्थापनलाई सहज बनाएको छ । २०१८ मा आयुषीलाई फोब्र्सको ३० अन्डर ३० एसिया सूचीको सामाजिक उद्यमीवर्गमा समावेश गरिएको थियो । साथै २०१९ मा उनलाई सामाजिक उद्यमशीलताको क्षेत्रमा योगदानको कदर गर्दै एसिया सोसाइटीको २०१९ को सदस्यका रूपमा पनि सम्मानित गरिएको थियो ।
यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टका संस्थापक तथा प्रिन्सिपल समीर थापालाई पुरस्कृत गरिएको छ । समीर थापालाई नेपालमा विश्वस्तरीय आतिथ्य सेवा र शिक्षा ल्याउन अग्रगामी मानिन्छ । आतिथ्य क्षेत्रको बृहत् अनुभवको साथ उनले यस क्षेत्रमा योग्य कामदारहरुको गम्भीर कमीलाई सम्बोधन गर्न २००१ मा एसएमएसएच स्थापना गरे । नेपालको पहिलो प्राइभेट होटेल म्यानेजमेन्ट स्कुल खोल्ने र देशको पहिलो अन्तर्राष्ट्रिय फास्ट–फुड फ्रान्चाइजी विम्पीको परिचयलगायतका धेरै कुराहरूले उनको उद्यमशीलता यात्रालाई चिन्ह लगाइएको छ । रेडिसन होटल, काठमाडौंमा उनको प्रारम्भिक करियरले उनलाई उद्योगको सीप अन्तरलाई उजागर ग¥यो, जसले एर्समएसएच् सिर्जना गर्ने उनको मिशनलाई बढावा दियो । थापाको समर्पणले नेपालको आतिथ्यता परिदृश्यलाई आकार दिने, युवाहरुलाई प्रेरणा दिने र आर्थिक वृद्धिलाई अगाडि बढाउने काम जारी राखेको छ ।
साथै विज्ञान तथा प्रविधि विधामा सानुकाजी श्रेष्ठपुरस्कृत भएका छन् । सानैदेखि, उनले गर्मी मौसमसँग लड्न बाँसबाट लचिलो फ्यानजस्ता व्यवहारिक आविष्कारहरू सिर्जना गर्दै प्रदर्शन गरे । विनम्र पृष्ठभूमिमा जन्मेका, उनले १८ वर्षको उमेरमा रसदमा काम गर्न थाले, सरकारी कार्यालयहरू, कूटनीतिक नियोगहरू, निगमहरू र युएनडिपी मा विविध अनुभवहरू प्राप्त गरे । १९८१ मा उनी विश्व बैंकको कन्ट्री अफिसमा सामेल भए, जहाँ उनले २००१ मा आफ्नो सेवा निवृत्तिसम्म सेवा गरे । केही समयपछि उनले डेनमार्कको नवीकरणीय ऊर्जाको लागि फोकसेन्टरमा सामेल भई, संयुक्त राज्य अमेरिकाको एरिजोनाको केयर कोल सस्टेनेबल लिभिङ सेन्टरमा इन्टर्निङ गर्दै उन्नत अनुसन्धान अवसरहरू खोजे । दिगो प्रविधिहरूमा आफ्नो विशेषज्ञता परिष्कृत गर्दै २००२ मा समान विचारधारा भएका व्यक्तिहरूको समर्थनमा उनले दिगो टेक्नोलोजीहरूको लागि फाउन्डेसन स्थापना गरे । उनको प्रभावशाली कामले उनलाई २००७ मा वल्र्ड च्यालेन्ज रनर–अप अवार्ड, २००९ मा युएस्–इपीए बाट पीसीआइए अवार्ड, २०१० मा नाष्टबाट राष्ट्रिय पुरस्कार र २०१४ मा नेपाल सरकारबाट नवीकरणीय ऊर्जा पुरस्कार सहित प्रतिष्ठित मान्यता प्राप्त गरेको छ ।
समान कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमको सम्मान गर्ने बानी बसाल्दै आन्तरिक रोजागरी सिर्जनामा सरकारले विशेष जोड दिएको बताए । श्रमिकको सामाजिक सुरक्षाको कार्यान्वयनमा जोड दिँदै उनले आगामी दश वर्षलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा मनाउन सरकार लागिपरेको बताए ।
स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा विभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी लगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम विभिन्न निकायसँगको साझेदारीको लक्ष्य लिइ सिपमुलक रोजगारीका अवसर, बढदोे सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधीदेखि कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक कार्यक्रम जनवरी ६ देखि जनवरी १३ सम्म सञ्चालन भएको थियो । यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य एवम् विज्ञान तथा प्रविधि रहेका थिए ।
सोही दिन समापन समारोहलाई लक्षित गरेर सी ई वो अन प्लग्ड २०२५ नामक कार्यक्रम सञ्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम् प्रयोगात्मक शिक्षाको महत्व एवम् नवआगन्तुक व्यापारका पारखीहरुलाई मार्गदिशा प्रदान गर्न प्यानल छलफल सञ्चालन गरिएको थियो । सीईओ अन प्लग्डको प्यानल छलफल “Sustainable Future: Skills, Education and Green Economy” शीर्षकमा आयोजना गरिएको थियो ।
कार्यक्रमको Empowered by पार्टनर को रुपमा इम्बार्क कलेजले साथ दिएको थियो । सीएनआई र नेपाल चेम्बर अफ कमर्स, नेपाल पर्यटन बोर्ड, युरोपियन युनियन, भारतीय दूतावास र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदार हुन् । होन्डा, कोका–कोला,WWF Nepal, CG मोटर्स कार्यक्रमका साझेदार, यूएनडीपी र यूके स्किल्स पार्टनरशिप प्राविधिक सहयोगी, द सोल्टी काठमाडौं होटल पार्टनर, वल्र्ड लिंक इन्टरनेट पार्टनर, कान्तिपुर र द काठमाडौं पोस्ट मिडिया पार्टनर, यति एयरलाइन्स एयरलाइन्स पार्टनर र NNQ आउटरीच पार्टनर रहेका छन् ।






















