skip this News Page Tips Ad Road Block

माघ महिनामा अधिकाँश वाणिज्य बैंकको ब्याजदरमा पुस महिनाकै निरन्तरता !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा रहेका २० वटा वाणिज्य बैंकले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक सूचना अनुसार अधिकाँश बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । २० मध्ये १७ वाणिज्य बैंकले मुद्दती निक्षेपमा पुस महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी ३ मध्ये २ ले घटाएको र १ ले बढाएको छ । बढाउनेमा लक्ष्मी सनराइज बैंक रहेको छ भने नेपाल एसबिआई र कृषि विकास बैंकले ब्याजदर घटाएको छ ।

नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशत र कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ। लक्ष्मी सनराइजले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको हो।

बाँकी बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

Health Tips Ad Road Block