Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डीएल अपलोडले प्राप्त गर्यो एनवाईईएफ काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड ४.०

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.० सम्पन्न भएकोे छ । नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।

यस वर्षको विजेता डीएल अपलोडलाई ४,००,००० नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरिएको छ ।

उपविजेताको रुपमा मेल्ट डाउनलाई २,००,००० नगद पुरस्कार प्रदान गरियो भने खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै १,००,००० रुपैयाँ प्राप्त गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए । प्रमुख अतिथि प्रा.डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीतिनिर्माणको आवश्यकता रहेको औँल्याए ।

एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाले कार्यक्रमलाई कुशल नेतृत्वद्वारा सञ्चालन गरेका थिए । एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.० ले नवीनता र उद्यमशीलतालाई प्रेरणा दिने उत्कृष्ट मञ्च भएको उनको भनाइ छ ।

नेपालका उत्कृष्ट स्टार्टअपहरूको प्रदर्शन

कार्यक्रममा निम्न सात उत्कृष्ट स्टार्टअपहरू अन्तिम चरणमा पुगेका थिएः
⁠डीएल अपलोड
⁠मेल्ट डाउन
⁠खेतीपाती अर्गानिक्स
⁠ज्ञान बजार
⁠ई–कागजपत्र
⁠माच २० अर्बिटल्स
⁠स्मार्ट पालिक

यी सबै फाइनलिस्टहरूले आफ्नो नवीन सोच र उद्यमशील प्रतिभा प्रदर्शन गर्दै सहभागीहरूमा गहिरो छाप छोडेका थिए ।

 

Health Tips Ad Road Block