काठमाडौं । नबिल बैंकले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ । विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्टले प्रमाणपत्र प्रदान गरेको हो ।
यस उपलब्धिले नबिल बैंकको ग्राहकको डाटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्टरूपमा देखाएको बैंकको भनाइ छ । नबिल बैंकको मुख्य कार्यालयमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बैंकले आइएसओ प्रमाणपत्र प्राप्त गरेको हो ।
कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
नबिल बैंकले ग्राहकहरूको डाटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको जनाएको छ ।























