काठमाडौँ । सरकारले भारतबाट टिटुजीमार्फत रासायनिक मल खरिद गर्ने तयारी गरेको छ ।
यस प्रक्रियाअन्तर्गत डेढ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्न लागिएको हो ।
मध्यपूर्वका देशमा जारी युद्धका कारण मल आपूर्तिमा असहज भएपछि जिटुजीमार्फत मल खरिद गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले रासायनिक मलको आपूर्ति व्यवस्था सहज बनाउन परराष्ट्र मन्त्रालमार्फत भारतलाई पत्राचार गरिसकेको जनाएको छ ।
कच्चा तेलको मूल्य बढेर जहाजको ढुवानी भाडा बढ्दा अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यसमेत बढेको छ । त्यसको प्रभाव नेपालमा पर्ने देखिन्छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा रकम व्यवस्थापन गर्ने गरी मल खरिदका लागि २० अर्ब रुपियाँको स्रोत सहमति दिइसकेको छ ।






















