Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मनोजबाबु श्रेष्ठको नेतृत्वमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको नयाँ कार्यसमिति सर्वसम्मत(सबैको नामसहित)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा मनोजबाबु श्रेष्ठ सर्वसम्मतरुपमा चयन भएका छन् । महासंघको सातौं वार्षिक साधारण सभा एवं तेस्रो राष्ट्रिय महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ जम्बाे कार्यसमिति निर्विरोध चयन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा कमल अग्रवाल र हरिबहादुर गौतम तथा प्रथम उपाध्यक्षमा लक्ष्मी खड्का र हरि पाण्डे चयन भएका छन्।

यस्तै दुई महिलासहित १३ उपाध्यक्षमा क्रमशः गणेशकुमार न्यौपाने, गोरखबहादुर थापा, कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, पार्वती पौडेल भट्ट, धीरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिवप्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमिल्सिना र लेखनाथ पौडेल चयन भएका छन् ।

यसैगरी महासचिवमा नवीन लुइँटेल, उपमहासचिवमा रामकुमार पण्डित, नारायणप्रसाद न्यौपाने र नवराज भण्डारी, कोषाध्यक्षमा हिमलाल खराल, सह–कोषाध्यक्षमा यमुना श्रेष्ठ र राजमनी भट्टराई र त्रीलोचन सुवेदी चयन भएका छन् । ​​

विक्रम संवत् २०७३ मा स्थापना भएको महासंघमा देशभरका २२ संघहरू आबद्ध छन् । हाल महासंघमा देशभरका १० हजारभन्दा बढी सदस्य आबद्ध रहेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठले साना तथा घरेलु उद्योगी व्यवसायीहरूको हकहित र अधिकारका लागि आफूले काम गर्ने बताए । व्यवसायीहरूका समस्या समाधानका लागि आफूले पहल गर्ने पनि उनको प्रतिबद्धता छ ।

Health Tips Ad Road Block