Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थतन्त्र चलायमान हुने र आर्थिक क्रियाकलाप विस्तार हुने आधार तयारः एमाले

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा (एमाले) ले यो सरकार आएपछिको पछिल्लो अवधिमा मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको दाबी गरेकाे छ । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको ठहर गरिएको छ ।

वर्तमान सरकारले अर्थतन्त्रलाई ओह्रालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको, पुँजीबजारमा सकारात्क सुधार हुँदै गएको, गतः वर्षको यसै अवधिका तुलनामा राजस्वमा वृद्धि भएको, निर्यात तथा आयातमा सुधार भएको, पुँजीगत खर्चमा वृद्धि भएको दाबी गरिएको छ । पहिलोपल्ट नेपालको सार्वभौम क्रेडिट रेटिङ सम्पन्न भएको र नेपालले दक्षिण एसियामा भारत पछिको दोस्रो स्थान सुरक्षित गरेको प्रतिवेदनमा उल्लेख छ ।

विश्वव्यापीरुपमा नेपाल लगानीका लागि अनुकूल मुलुक हो भन्ने सन्देश गएको भन्दै मुलुकको अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिएको प्रतिवेदनमा भनिएको छ । गतः वर्षदेखि सिर्जित भुक्तानी दायित्व लगभग पूरा गरिएको, करिब एक दर्जन नियमावली, कार्यविधि, निर्देशिका लगायत पारित भई कार्यान्वयनमा आएको, बिना अध्ययन साना आयोजनामा छरिएको बजेटलाई राष्ट्रिय गौरवका रणनीतिक आयोजनामा केन्द्रित गर्न, अनुशासित कार्यप्रणाली कार्यान्वयन गर्न मितव्ययितामा जोड दिइएको लगायत विषय पनि प्रतिवेदनमा रहेको छ । यी सबै कारण अर्थतन्त्र चलायमान हुने आधार तयार भएको एमालेको ठहर छ ।

प्रतिवेदनमा भनिएको छ, ‘अर्थतन्त्रको वाह्य क्षेत्र तुलनात्मक रुपमा अनुकूल अवस्थामा छ । बैंकमा लगानीयोग्य पूँजीको दायरा र विप्रेषण आप्रवाह विस्तार भएको छ । ब्याजदर एकल बिन्दुमा झरेको छ । मूल्यवृद्धि र मुद्रास्फीति नियन्त्रणको सीमामा छ । विश्व बैंकले गतः वर्ष ३.९ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर यस आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । समग्रमा अर्थतन्त्र चलायमान हुने र आर्थिक क्रियाकलाप विस्तार हुने आधार तयार भएको छ ।’

 

Health Tips Ad Road Block