skip this News Page Tips Ad Road Block

अर्विन्द्रमान सिंहको नेतृत्वमा नेवाः देय् दबू काठमाडौं महानगर समिति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेवाः देय् दबू काठमाडौं महानगर समितिको दोस्रो साधारण सभाले अर्विन्द्रमान सिंहको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा उदेन न्हूसाय्मि, उपाध्यक्षमा शैलेश डंगोल, महिला अध्यक्षमा सुलोचना मानन्धर श्रेष्ठ, सचिवमा मञ्जिल महर्जन, महिला सचिवमा निरु महर्जन ‘भिन्तुना’ र कोषाध्यक्षमा रोशन महर्जन चयन भएका छन् ।

क्षेत्रगत सदस्यहरूमा पश्चिम भेगबाट मनराजा रञ्जित, रवीन्द्र मानन्धर, लक्ष्मी श्रेष्ठ राणा, तल्लो भेगबाट राजन महर्जन, लक्ष्मी कमल ताम्राकार, विकास महर्जन, उत्तर भेगबाट प्रकाश बलामी, हीरालक्ष्मी श्रेष्ठ, माथिल्लो भेगबाट राधिका तण्डुकार, संगीता अमात्य र सजिबरत्न बज्राचार्य चयन भएका छन् ।

त्यस्तै पूर्व भेगबाट ललिता प्रधान, जगदीशमान श्रेष्ठ, चन्द्रकिरण राजभण्डारी, मध्य भेगबाट खगेन्द्रबहादुर जोशी, नरेश खड्गी, रमेश खड्गी र त्यस्तै गरी खलःपुचःबाट प्रशन्द खड्गी चयन भएका छन् ।

Health Tips Ad Road Block