भक्तपुर । भक्तपुर इट्टा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः नातिभाइ ह्योम्वा निर्वाचित भएका छन् । भक्तपुरमा सम्पन्न २९ औँ वार्षिक साधारणसभा तथा १६ जिल्ला अधिवेशनबाट ह्योम्वाको नेतृत्वमा १० सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको हो।
संघको उपाध्यक्षमा आशाकाजी त्वानाबासु, सचिवमा आसाराम बैद्य, कोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानाबासु र सहसचिवमा रत्नलाल साँंढ चुनिए । साथै सदस्यहरुमा विष्णुसुन्दर प्रजापति, बालगोविन्द तचामो, केशव कवां, पूर्णप्रसाद गाइजू र राजेश त्वानाबासु चुनिए ।
यसअघि अधिवेशनको उदघाटन नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गरेका थिए । त्यस अवसरमा उनले संसदलाई छलेर विधेयक ल्याउनु प्रजातन्त्रविपरित भएको टिप्पणी गरे । संसद नरहेको अवस्थामा सहकारी ठगीविरुद्धको विधेयक ल्याउनु प्रजातन्त्रविरुद्ध रहेको उनको भनाई थियो ।
उनले कानुन चाहिएको भए छिटै संसद बैठक बालाउन सकिने बताए । तर आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टीेले त्यसो नगरी प्रजातान्त्रिक व्यवहार नदेखाएको उनले बताए । उनले नाम एउटा र काम अर्को गर्ने पार्टीहरुलाई निर्वाचनमा जनताले देखाइदिनुपर्ने बताए ।
कार्यक्रममा जिल्लाको चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले इट्टाभट्टाको विषयमा चाहिनेभन्दा वढी नकारात्मक टिकाटिप्पणी हुने गरेको बताए।






















