Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बिसु केसीको अध्यक्षतामा बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको नयाँ कार्यसमिति चयन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल(इप्सन)को बार्हौँ वार्षिक साधारण सभाले बिसु कुमार केसीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा अम्बर थापा, महासचिवमा लक्ष्मण रिमाल, सचिवमा सरोज खनाल र कोषाध्यक्षमा शिव थापा चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा डा.प्रतिभा पाण्डे, चुडामणि देवकोटा, लक्ष्मी सापकोटा, सज्जनवर सिंह थापा र मुकुन्द ढुंगाना सर्वसम्मत भएका हुन् ।

वार्षिक साधारण समा पश्चात् नेपाल सरकार, उद्योग विभाग एवं बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको सहकार्यमा बौद्धिक सम्पत्ति सम्बन्धी विचार गोष्ठी गरेको थियो । कार्यक्रममा पूर्व मन्त्री शंकरप्रसाद कोइराला, पूर्व सचिवहरू भानु प्रसाद आचार्य, भरत बहादुर थापा, कृष्ण ज्ञवाली उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, विभागका सोमनाथ गौतम लगायतले बौद्धिक सम्पत्ति र औद्योगिक सम्पत्ति प्रशासनको वर्तमान अवस्था र स्थितिबारे धारणा राखेका थिए ।

Health Tips Ad Road Block