Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे बैंक कपन शाखाद्वारा कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाको संयुक्त आयोजनामा कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम भएको छ ।

पुस १६ गते मंगलबार युवा विद्यार्थीहरुमा लगानीसम्बन्धी सचेतना प्रदान गर्ने तथा लगानीको महत्व बुझाउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका–१० स्थित कपन बहुमुखी क्याम्पस, आकाशेधारा कपन, काठमाडौंमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरिएको हो ।


माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।

पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

 

Health Tips Ad Road Block