Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिबिफिन अध्यक्षमा पुनः पौडेल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा उपेन्द्र प्रसाद पौड्याल पुनः दोहोरिएका छन् । काठमाडौंमा सम्पन्न पाँचौँ वार्षिक साधारण सभाबाट दोस्रो कार्यकालका लागि पौडेलले कार्यभार लिएका हुन् । सिबिफिनको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय चयन भएका छन् ।

यस्तै महासचिवमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । सचिवमा एक्सेल डेभलेपमेन्ट बैंकका महेन्द्र कुमार गोयल र साइन रेसुङ्गाका थानेश्वर पौडेलको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा एनआइसी एशिया बैंकका तुलसीराम अग्रवाल र सह–कोषाध्यक्षमा गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन् । सदस्यहरुमा राजाराम खड्का, डा. बाल गोपाल वैद्य, लिला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदिप आचार्य, चिन्तामणि भट्टराई र लक्ष्मी प्रसाद महर्जन चयन भएका छन् ।

सिबिफिनमा समूह ‘क’ अन्तर्गत पूर्वाधार बैंकसहित वाणिज्य बैंकबाट अध्यक्ष, महासचिव र कोषाध्यक्ष १/१ जना सदस्य ७ सहित १० जना रहने व्यवस्था छ । यस्तै समूह ‘ख’ अन्तर्गन विकास बैंकबाट वरिष्ठ उपाध्यक्ष १, सचिव १ र सदस्य २ सहित ४ जना रहने व्यवस्था छ । यस्तै समूह ‘ग’ अन्तर्गत वित्त कम्पनीबाट उपाध्यक्ष १, सह–कोषाध्यक्ष १ र सदस्य १ सहित ३ जना रहने व्यवस्था छ ।

Health Tips Ad Road Block