skip this News Page Tips Ad Road Block

दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीन जनाबाट करिब १७ लाख ठगी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रूपन्देही सैनामैना नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने २९ वर्षीय ओम प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

ओम प्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने उजुरी परेकाे थियाे । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चौधरीलाई काठमाडौं ठमेलबाट  पक्राउ गरेको हो । उनी आइतबार पक्राउ परेका हुन् ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block