काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदी प्रतितोला १७९० रुपैयाँ रहेको छ ।






















