काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बजारमा छापावाला सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १८०० रुपैयाँमा कारोबार भइरहेको छ ।






















