काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपालमा स्वास्थ्य सम्मेलन सुरु भएको छ ।
देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा आजदेखि दुई दिने सम्मेलन सुरु भएको हो ।
प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने उद्देश्य सम्मेलनले लिएको छ ।
‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ भन्ने नाराका साथ काठमाडौंमा सुरु सम्मेलनमा ९० भन्दा बढी देशबाट करिब एक हजार जना सहभागी रहेका छन् ।
सम्मेलनमार्फत प्रवासी र स्थानीय चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीबीच ज्ञान र प्रविधिको हस्तान्तरणलाई प्रोत्साहन गर्ने विश्वास मन्त्रालयको छ ।






















