Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गरिमा समृद्धि योजनाको ईकाईमा आवेदन दिने आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको आफ्नो पहिलो म्युचुल फण्ड ‘गरिमा समृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । उक्त इकाईमा आजसम्म मात्र आवेदन दिन सकिने छ । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट यसमा आवेदन दिन सक्नेछन्।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड रहेको छ। १० वर्ष अवधिको उक्त इकाई एक बन्दमुखी योजना हो ।

Health Tips Ad Road Block