Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उद्योग वाणिज्य महासंघका अध्यक्षद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीलाई आह्वान

Citizenlife ad 2082 falgun to baishak 2083

तनहुँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अब लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन्। आज तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पूँजी परिचालनलाई महत्त्व दिंदै १० अर्ब पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष ढकालले नेपालको पर्यटन, ऊर्जा, सूचना प्रविधि र कृषि उत्पादनका क्षेत्रमा अवसर नै अवसर भएकाले लगानीका लागि वित्तीय प्रबन्ध जुटाउन तथा साझेदारी गर्न नयाँ कम्पनी बनेकाले यसबाट फाइदा लिन पनि स्थानीय उद्योगीहरुलाई आग्रह गरे ।

महासंघको आग्रहमा नेपाल सरकारले लगानीमा अवरोध हुने ठानिएका कानुन सुधार गरिरहेकाले पनि लगानीका लागि उपयुक्त अवसर सृजना भइरहेको अध्यक्ष ढकालले उल्लेख गरे । पर्यटक आगमन बढिरहेको, रेमिटेन्समार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको तथा बैकिङ क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर पनि सन्तुलित भइरहेकाले लगानीका लागि उपयुक्त समय आएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन  र स्थानीय उत्पादनको प्रर्वद्धनमा भइरहेका प्रयासमा साथ दिइरहेको बताउँदै अध्यक्ष ढकालले भानु नगरलाई शुभकामना समेत व्यक्त गरे ।

Health Tips Ad Road Block