काठमाडौं । मंसिर मसान्तसम्ममा नेपालले सात खर्ब ३५ अर्ब १४ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । त्यसमा करिब ६ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेका छ । भन्सार विभागले प्रकाशित गरेको मंसिरसम्मको तथ्याँकले ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँले नेपालले व्यापार घाटा बेहोरेको देखिएको छ । अघिल्लो वर्ष सोही अबधिमा यस्तो व्यापार घाटा ५ खर्ब ७९ अर्ब रुपैयाँ थियो ।
निर्यातको तुलनामा आयात बढेका कारण व्यापार घाटा बढ्दै गएको तथ्याँकले देखाएको छ । यो अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात हुँदा ७३ अर्ब ६५ करोडको मात्रै वस्तु निर्यात भएको छ । गतवर्षको तुलनामा निर्यात १६.५४ प्रतिशतले बढ्दा आयात ३ प्रतिशतले बढेको छ । तापनि आयातको अंक उच्च हुँदा व्यापार घाटा पनि उच्च भएको हो ।
विभागको तथ्याँकले नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.९८ प्रतिशत देखाउँछ भने निर्यातको हिस्सा १०.०२ प्रतिशत देखाउँछ ।






















