skip this News Page Tips Ad Road Block

माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माछापुच्छ्रे बैंकको २६ औँ वार्षिक साधारण सभा यही पुस २८ गते पोखरामा आयोजना हुने भएको छ ।

बैंक सञ्चालक समितिको ५१८ औँ बैठकले वार्षिक साधारण सभा यही पुस २८ गते पोखराको पर्दीस्थित होटल पोखरा ग्रान्डमा गर्ने निर्णय गरेको हो । साधारण सभा बिहान ११ बजेबाट सुरु गर्ने भएको हो ।

सभाले बैंकको शेयर संरचना अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी व्यवस्था थप गर्ने तथा सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने बैठकले निर्णय गरेको छ । यसका आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १३ गतेसम्म कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन् । सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले बैंकका सहायक कम्पनीहरू माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरण पनि पारित गर्ने बताइएको छ ।

Health Tips Ad Road Block