skip this News Page Tips Ad Road Block

लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।बैंकले पुस २९ गते, सोमबार, आफ्नो केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजका लागि ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । त्यस्तै बैंकले अविमोच्य असंचित अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय लिएको छ । यसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन पाउने तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Health Tips Ad Road Block