Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्न कृषिमन्त्रीले खोजे सातै प्रदेश र स्थानीय तहको साथ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको बताा छन् । सातै प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बसेको विषयगत समितिको १० औं बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरि योजना बनाउनुपर्ने र कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरि स्थानीय तह मार्फत कानुन तथा कार्यविधि बनाई लागू गर्न आवश्यक रहेको भन्दै मन्त्री अधिकारीले यसका लागि प्रदेश र संघीय सरकारले सर्शत र विशेष अनुदान उपलब्ध गराउनु पर्ने धारणा राखे ।

मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफूलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना बनाउन आवश्यक रहको छ भने । विदेशवाट फर्किएकाहरुलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार बनाउने गरि काम गर्न पनि मन्त्री अधिकारीले आग्रह गरे ।

बैठकमा सातै प्रदेशका कृषिसँग सम्वन्धित सचिवहरुले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्था बारे प्रस्तुती दिएका थिए भने प्रदेश मन्त्रीहरुले आ–आफनो धारणा व्यक्त गरेका थिए । बैठकमा यसअघि बसेको नवौं बैठकले गरेका निर्णय कार्यान्वयनको समीक्षा भएको थियो । बैठकमा राष्ट्रिय किसान आयोगका अध्यक्ष , गाँउपालिका महासंघका अध्यक्ष, मन्त्रालयका सचिव, सह–सचिव, प्रदेश कृषि सचिवहरुसँगै आयोजना प्रमुख, महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block