Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निशुल्क स्वास्थ्य शिविरबाट हाई भिजन कोलोनीका ३१९ जना लाभान्वित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हाई भिजन कोलोनी समाज, चन्द्रागिरि नगरपालिकाका ३१९ जना निशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भएका छन् ।

नगरपालिकाको वडा नम्बर ५ र ७ वाणस्थलीका स्थानीयहरु लाभान्वित भएका हुन् । नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा हाई भिजन कोलोनी समाजले निशुल्क स्वास्थ्य शिविर एवं रेडक्रमसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो ।

शिविर कार्यक्रमका संयोजक रत्नमणि पाठक (हरि) ले समाजमा रहेका सबै नागरिक स्वस्थ रहनुपर्दछ भन्ने मान्यताका साथ एक दिने शिविर आयोजना गरिएको बताए । यस्तै समाजका अध्यक्ष सूर्य बहादुर कुँवरले सामूहिक कामका लागि समाज चाहिने धारणा राख्दै व्यक्ति स्वस्थ्य र सचेत बनौं भनेर आफूहरु लागेको र यसमा संधै सबैको साथ एवं सहयोगको अपेक्षा गरिएको भनाइ राखे ।

शिविरअन्तर्गत पुरुषहरुको प्रोटिन र किड्नीको जाँच गरिएको थियो भने महिलाहरुको पाठेघर र छातीको क्यान्सरसम्बन्धी परीक्षण गरिएको थियो ।

 

कार्यक्रममा वागमती प्रदेश सभा सदस्य एवं वागमतीका पूर्व युवा तथा खेलकुद मन्त्री रमा आले मगर, चन्द्रागिरि नगरपालिका उपप्रमुख वसन्ती श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block