काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले) को पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने निर्णयविरुद्धको रिट खारेज गरेको छ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार रिट खारेज गरेको हो ।
रिट खारेजसँगै जग्गाको स्वामित्व हस्तान्तरण र रोकिएको भवन निर्माण प्रक्रिया अघि बढाउने कानुनी बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले रिट खारेज भएको तर लिखित आदेश तयार भइनसकेको जानकारी दिएका छन् ।
एमालेको पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी समूहका तर्फबाट कीर्तिपुर नगरपालिकामा १० रोपनी १४ आना जग्गा जग्गा दान भएको थियो । सुरुमा दरपीठ भएको रिट सर्वोच्चको एकल इजलासको आदेशले दर्ता भएको थियो ।






















