काठमाडौं । बजारमा सिमेन्टको मूल्य घटाउन सिमेन्ट उत्पादकहरु सहमत भएका छन् । निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलपछि मूल्य घटाउन सिमेन्ट उत्पादकहरु सहमत भएका हुन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार अब काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने उत्पादकहरुले प्रतिबद्धता जनाएका छन् । त्यस्तै काठमाडौं उपत्यकामा पिसिसी सिमेन्ट ६०० रुपैयाँमा उपलब्ध हुनेछ ।
महासंघले यसलाई स्वागत गरेको छ । उत्पादकहरुले छिट्टै नयाँ मूल्य सार्वजनिक गर्ने विश्वास पनि महासंघले लिएको छ ।






















