काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाको बुधबार बसेको सञ्चालक समितिको ३१०औं बैठकले आव २०८०/०८१ को वितरण योग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी दुई अर्ब सन्तानब्बे करोड एकहत्तर लाख बहत्तर हजार एक सय रुपैयाँको १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
संस्थाले ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बोनश शेयर र नगद लाभांशमा लाग्ने कर समेत गरी उक्त नगद लाभांश दिने निर्णय बैठकले गरेको हो ।
प्रस्तावित बोनश शेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण योग्य हुने संस्थाले जनाएको छ ।






















