Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्यटन मन्त्रालय अन्तर्गतका सबै छपाई अब प्रज्ञा छापाखानाबाट गर्ने सरकारी निर्णय

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय अन्तर्गतका सबै निकाएका छपाई अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ । आइतबार मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय अन्तर्गतका निकायहरु र यस मन्त्रालय सम्वद्ध निकायहरुबाट गरिने छपाई सम्बन्धी कार्यहरु नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाको अधिकतम् क्षमताले भ्याएसम्म सोही छापाखानाबाट मात्र छपाई गर्ने निर्णय गरेको हो ।

बैठकले प्रज्ञा छापाखानाको क्षमता अनुरुप गर्न सकिने छपाईका कार्यहरुको विवरण सहितको जानकारी र प्रतिष्ठानको छपाईसम्बन्धी कार्यविधि उल्लेखित सबै निकायहरुलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको छ ।

मन्त्रालयको यो निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको १५ प्रतिशत मात्र सञ्चालित छापाखाना पूर्ण क्षमतामा संचालनमा आउने छ । यो निर्णयपछि वार्षिक रुपमा १२ करोड रुपैयाँ बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुने छ भने राज्यको तीनदेखि चार करोड जोगिने बताइएको छ । केही समय पहिले संस्कृति मन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानको भ्रमणका क्रममा त्यहाँको छापाखानालाई कसरी पूर्ण रुपमा सञ्चालनमा ल्याई प्रतिष्ठानको आय बढाउन सकिन्छ भन्ने विषयमा प्राज्ञहरुसँग छलफल गरेका थिए ।

सो भ्रमणका बेला उनले आफूले छापाखानालाई पूर्ण रुपमा सञ्चालनमा ल्याई प्रतिष्ठानको आय वृद्धि तथा राज्यको खर्च वचत गर्ने योजना अघि ल्याउने बचनवद्धता व्यक्त गरेका थिए ।

Health Tips Ad Road Block