Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्थानीय तह उपनिर्वाचनः ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको छ ।

आयोगले बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म भएको मतदानमा ६२ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको हो ।

केही स्थानबाहेक अधिकाँश स्थानको मतदानबारे जानकारी प्राप्त भएको आयोगको भनाइ छ ।

कतिपय पालिकाको मतगणना आजै रातिदेखि हुने पनि आयोगले जानकारी दिएको छ ।

Health Tips Ad Road Block