Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फेरि बढ्यो पेट्रोलको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बजारमा पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा एक रुपैयाँले बढेको जनाएको छ ।

भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार हवाई इन्धनको मूल्य पनि बढेको छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटरमा २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर १५ डलरका दरले बढाइएको निगम संचालक समितिले जनाएको छ ।भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

यता खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको भएपनि आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

अब काठमाडौं, पोखरा लगायत तेस्रो बर्गका लागि पेट्रोल प्रतिलिटर १६० रुपैयाँ पर्नेछ ।

Health Tips Ad Road Block