Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले गराए चीन भ्रमणको जानकारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे आज जानकारी गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएका छन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री डा. आरज़ु राणा देउवा पनि सहभागी थिइन् । यही मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण हुँदैछ ।

Health Tips Ad Road Block