Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नामीको मूल्य १ लाखसम्म बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बिग ह्याच र फाइभ(स्टार लक्जरी भएको नामी गाडीले नेपालबाट राइट ह्यान्ड ड्राइभको अन्तर्राष्ट्रिय शुभारम्भ गरेको थियो। यस अवसरमा कम्पनीले सीमित अवधिको लागि विशेष परिचयात्मक मूल्य पनि प्रस्ताव गरेको थियो। नेपालमा शुभारम्भपछि हङकङ, सिंगापुर र मलेसियामा पनि अनावरणहरू गरिएको थियो।

यो सीमित समयका लागि प्रस्तावित मूल्य यस महिनाको अन्त्यमा समाप्त हुने र यसपछि सामान्य मूल्यहरू नै कायम रहने कम्पनीका प्रवक्ताले बताए। यो मूल्य वृद्धि विभिन्न मोडेल अनुसार भिन्न हुनेछन्।

–नामी ई१ः ने.रू. ३०,२४,००० (ने.रू. २५,००० को वृद्धि)
–नामी ई२ः ने.रू. ३२,४९,००० (ने.रू. ५०,००० को वृद्धि)
–नामी ई३स्ः ने.रू. ३५,९९,००० (ने.रू. १,००,००० को वृद्धि)

डुअल टोन कलर भेरियन्ट खोज्नेहरूका लागि भने ५० हजार अतिरिक्त लागू हुनेछ। नामीको आगमन दक्षिण एसियाको ईभी यात्रामा अतुलनीय लक्जरी र टेक्नोलोजीसँग दिगोपनलाई मिलाउने एउटा महत्त्वपूर्ण माइलस्टोन हो। सेग्मेन्टमै पहिलो फ्रेमलेस ढोका, मेमोरी सिट, फ्लस डोर ह्यान्डलहरू, अटो पार्किङका साथै अन्य इन्नोभेटिव फिच्रस जस्तै लेभल २ एडीएएस सुरक्षा प्रणाली, लाइ(फ्ल्याट स्पेस र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल जस्ता अभिनव सुविधाहरू सहित नामीले ह्याचब्याकमा केके हुनु पर्छ भन्ने कुरालाई पुनः परिभाषित गरेको जनाएको छ ।

एमएडब्लू–वृद्धि नेपालको दुई प्रमुख व्यापारिक घरानाहरू एमएडब्लू ग्रुप र वृद्धि ग्रुप बीचको रणनीतिक साझेदारी हो। सन् २०१४ मा स्थापित एमएडब्लू–वृद्धि नेपाली अटोमोटिभ बजारमा अग्रणी शक्ति हो जसले फोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता प्रख्यात ब्रान्डहरूका विद्युतीय सवारी (ईभीहरू) सहित व्यावसायिक र यात्रुवाहक सवारीहरूको विविध दायरा प्रदान गर्दछ।

सन् १९६४ मा स्थापना भएको एमएडब्लू ग्रुप, अटोमोबाइल, ईन्जिनियरिङ र लगानी सहित विभिन्न क्षेत्रहरूमा बलियो उपस्थिति भएको एक विविधतायुक्त ग्रुप हो। सन् १९७२ मा स्थापना भएको वृद्धि ग्रुप सन् १८५७ देखिकै पुरानो इतिहास भएको एक अग्रणी नेपाली व्यापार समूह हो। यी दुईको साझेदारी मार्फत् स्थापित एमएडब्लू(वृद्धिले ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्न आफ्ना संयुक्त विशेषज्ञता र स्रोतहरूको प्रयोग गर्दछ। उत्कृष्टता, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताले उनीहरूलाई नेपालको अटोमोटिभ उद्योगमा अग्रणी शक्तिको रूपमा स्थान दिएको छ।

Health Tips Ad Road Block