Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चन्द्रागिरि नगरपालिकामा चित्रकला प्रतियोगितामार्फत विद्यार्थीहरुको कला प्रस्तुत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको चन्द्रगिरिस्थित शहिद स्मारक प्रतिष्ठान पार्क (त्रिभुवन पार्क) मा ‘मलाई मनपर्ने पार्क’ भन्ने शीर्षकमा विद्यार्थीहरूबाट चित्रकला प्रतियोगिता सम्पन्न गरिएको हो ।

‘थ्रि डी आर्ट म्युजियम’ले सहीद स्मारक प्रतिष्ठान पार्कमा सो कार्यक्रमको संयोजन गरेको थियो ।

यस कार्यक्रममा चन्द्रागिरि नगरपालिकाभित्रका सामूदायिक तथा संस्थागत का ४० स्कुलका ४० जना विद्यार्थी सहभागी थिए । प्रतियोगिता कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरूबीच गरिएको थियो।

कार्यक्रममा नगरपालिकाका प्रतिनिधिहरू तथा सरकारी प्रतिनिधिहरूको समेत उपस्थिति रहेको नगरपालिकाका शिक्षा विभाग प्रमुख सुजन राज खनालले बताए । शिक्षा तथा खेलकुद विभाग अन्तर्गत नै यो कार्यक्रम भएको हो।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता कृष्ण खड्की, सामाजिक विषय समितिका संयोजक घनश्यान लुँइटेल लगायतले विद्यार्थीहरुलाई उत्साह थपेका थिए ।

प्रतियोगीहरूलाई कार्यक्रममा नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइएको थियो। कार्यक्रमपश्चात् थ्री डी म्युजियमले प्रतियोगी विद्यार्थीहरू तथा कार्यक्रममा उपस्थित शिक्षकहरुलाई थ्री डी आर्ट म्युजियमको निःशुल्क अवलोकन गराएका थिए। जसको संयोजन म्युजियमका सञ्चालक शिवराम गिरीले गरेका थिए ।

नगरपालिकाले विद्यार्थीहरूका लागि विभिन्न प्रतियोगिताहरू गराउँदै आइरहेको छ।

Health Tips Ad Road Block