skip this News Page Tips Ad Road Block

ग्लोबल आइएमई र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। दुवै बैंकहरुले साधारण सभा एवं लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गते बुक क्लोज गर्दैछन् ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भएर कायम शेयरधनीले साधारण सभामा सहभागी हुने र लाभांश प्राप्त गर्नसक्ने हक राख्नेछन् ।

ग्लोबल आइएमई बैंकले मंसिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ र सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

यता प्राइम कमर्सियल बैंक लिमिटेडले मंसिर १९ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धी कार्य गर्न लगायत विविध प्रस्ताव पारित गर्ने छ ।

Health Tips Ad Road Block